कलैया : सशस्त्र प्रहरी बलले अवैध सामान बरामद गरेको छ। बाराका विभिन्न स्थानहरूबाट उसले करिब चार लाख बराबरको सामाग्री बरामद गरेको हो।
मटिअर्वा स्थित सीमा सुरक्षा गुल्मबाट खटिएको टोलीले कलैया उपमहानगरपालिका–१० भण्डारी टोल सीमा क्षेत्रबाट हार्डवेयर सामान बरामद गरेको छ। उसले मोटरसाइकल सहित अन्दाजी मूल्य १ लाख ६० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।
यस्तै तेलकुवा सुरक्षा वेशबाट खटिएको टोलीले पचरौता नगरपालिका–९ बलडुसवाबाट सामान बरामद गरेको छ। मोटरसाइकलसहित चिनी तथा किराना सामान गरी अन्दाजी मूल्य एक लाख ५५ हजार रुपैयाँ उसले बरामद गरेको हो।
जिल्ला सुरक्षा वेश कलैयाबाट खटिएको टोलीले कलैया उपमहानगरपालिका–५ बरेवाबाट लेडिज आइटम बरामद गरेको छ । करिब ९० हजार रुपैयाँ बराबरको उक्त सामान रहेको सशस्त्र प्रहरी बल नं. १२ गण बाराका प्रहरी उपरीक्षक खुमबहादुर के.सी.ले जानकारी दिएका छन्।
बरामद गरिएका सामानहरू आवश्यक कानुनी कार्वाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको उनले जनाए।









