बाराका प्रमुख जिल्ला अधिकारी पौडेलको सरुवा

गढिमाइ खबर
226 पाठक संख्या

कलैया : बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलको सरुवा भएको छ ।

गृह मन्त्रालयले आईतवार बाराका पौडेल सहित ३० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सहित ३६ जना सहसचिवको एक साथ सरुवा गरेको हो । प्रजिअ पौडेलको गृहमन्त्रालय अन्तरगत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनमा भएको क्षतिको छनविन र जाँचबुझ आयोगमा काम गर्ने जिम्मेवारी दिईएको छ ।

यता प्रजिअ पौडेलको स्थानमा गृह मन्त्रालयले धर्मेन्द्र कुमार मिश्रलाई बारा पठाउन लागेको छ । मिश्रलाई गृह मन्त्रालयले सुनसरी जिल्ला प्रसाशन कार्यालयबाट बारामा पठाउन लागेको हो । बारा प्रमुख जिल्ला अधिकारी पौडेलको दुई महिने कार्यकाल नपुग्दै सरुवा भएको छ ।

गृह मन्त्रालले पौडेललाई गत भदौ ११ मा चितवन जिल्ला प्रशासन कार्यालयबाट बाराको प्रजिअको रुपमा सरुवा गरेको थियो । उता गृह मन्त्रालयले पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको पनि सरुवा गरेको छ । सुवेदीको स्थानमा गृहले दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई पठाएको छ ।

साझा गर्नुहोस्