नेपाल शिक्षक संघ बाराको अध्यक्षमा राजकिशोर सहनी निर्वाचित

गढिमाइ खबर
पढ्न लाग्न समय 1 मिनेट

कलैया । नेपाल शिक्षक संघ बाराको ९ औ अधिवेशनबाट अध्यक्ष पद राजकिशोर सहनी निर्वाचित भएका छन् । कलैया स्थित श्री ३ चन्द्र माध्यमिक विधालयको प्राङ्गणमामा चैत्र ३ गते भएको अधिवेशनको बन्द शत्रले सर्व सम्मत पदाधिकारी चयन गर्न नसकेपछी चैत्र ८ गते चुनाव तोकिएको र सम्पन्न चुनावमा राजकिशोर सहनी निर्वाचित भएका हुन ।

नेपाल शिक्षक संघ बारामा अहिले २२ सय २२ शिक्षकहरु सदस्य रहेका छन भने २०३५ मत खसेको थियो । राज किशोर सहनिले १११७ मत पाउँदा उनका प्रतिद्वन्द्वी परमहन्स यादवले ८७७ मत पाएका छन ।

आगामी चार बर्षको लागि अधिवेशनबाट नया नेतृत्वमा उपाध्यक्ष पदमा क्रमशः अनिला चौधरी र सुवास चन्द्र यादव,सचिवमा सुकदेव यादव,अर्थ सचिवमा ऋषिकान्त कुमार,सह सचिवमा रामबिनय प्रसाद यादव,समावेशी सह सचिवमा धनिराम चौधरी र हितेन्द्र चौधरी बिजयी भएको निर्वाचन अधिकृत पवन यादवले जानकारी दिए ।

सदस्यहरूमा अमृता किमारी राई,भोला साह,मनोज शर्मा,रामानन्द यादव,कपिलदेव यादव,कमेश दुबे,दिपनारायण चौधरी,राजा खा पैठान,बृजकिशोर यादव,राजकपुर सहनी,रामदेव यादव र बिध्या यादव बिजयी भएको निर्वाचन अधिकृत यादवले जानकारी दिएका छन् ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *