वीरगञ्ज महानगरपालिकामा विवाद

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 91
पढ्न लाग्ने समय : 2 मि.

वीरगञ्ज महानगरपालिका परिसरमा मंगलबार झडप भएको छ ।
महानगरका मेयर उपमेयरका समर्थकबीच झडप भई कुटाकुट भएको छ ।महानगरपालिकाको कार्यालय परिसरमै मेयर राजेशमान सिँह र उपमेयर ईम्तियाज आलमका समर्थकबीच कुटाकुट भएको हो ।

एउटै कोठामा पञ्जिकरण शाखा राख्ने कि उपमेयरको सचिवालयको लागि प्रयोग भन्ने बिषयमा विवाद भएको हो ।

यसपछि दुबै पक्षका समर्थकबीच बिबाद भएको थियो ।केही दिन अघि मात्रै मेयर बस्ने कोठा परिबर्तन भएर त्यहाँ प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठा बनाइएको थियो ।

प्रमुख प्रशासकीय अधिकृतको कोठा खाली भएपछि त्यहाँ पञ्जिकरण शाखा राख्ने कि उपमेयरले सचिवालय राख्ने भन्ने बिषयमा विवाद भएको हो ।सोही क्रममा मेयर र उपमेयरका समर्थकबीच घम्साघम्सी समेत भएको थियो ।

बिबाद बढदै जादा पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाको नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो ।प्रहरी पुगेपछि अवस्था सामान्य भएको थियो ।प्रहरीको लाठीचार्ज बाट उपमेयरका स्वकीय सचिव शेष कुमार हजार घाईते भएका छन ।

उपमेयरका मानिसहरुले कर्मचारीहरुमाथि दुव्र्यवहार गर्ने गरेको भन्दै आन्दोलन समेत गर्ने कर्मचारीहरुले बताएका छन् ।

स्थानीय तह कर्मचारी संघ वीरगंज महानगर इकाई समितिले मंगलबार महानगर प्रमुख राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाएका छन् ।

बुधबार देखि कालोपट्टी बाँधेर विरोधको कार्यक्रम सुरु गर्ने जानकारी कर्मचारीले दिएका छन् ।महानगरमा विभिन्न महाशाखा शाखाहरुमध्ये स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्तर्गतको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखालाई व्यवस्थित गर्न लाग्दा प्रमुख प्रशासकीय अधिकृतमाथि नै अभद्र व्यवहार गरिएको आरोप समितिले लगाएको छ ।

कार्यपालिका सदस्य समेत रहेका कन्हैया ठाकुरले गालि गलौज गर्दै अभद्र व्यवहार गरेको प्रति खेद व्यक्त गर्दै आन्दोलन गर्न बाध्य भएको जनाएको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।