जीतपुुरसिमरामा पाँच दलिय गठबन्धनका साझा उम्मेदवार जित्ने झन बलियो आधार खडा , दुुई जना मेयरका प्रत्यासीले गरे समर्थन

गढीमाईखवर डट कम
93 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

रञ्जन यादब
बारा १६ बैशाख
जीतपुुरसिमरा उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार राजन पौडेल र उप मेयर पदका उम्मेदवार शाही जित्ने झन बलियो आधार बनेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर (प्रमुुख) पदमा उम्मेदवारी दिएका दुई जनाले आज उम्मेदवारी फिर्ता लिएर गठबन्धनका साझा मेयर पदका उम्मेदवार पौडेल र उपमेयर पदका उम्मेदवार मेघा शाहीलाई समर्थन गरेका छन् ।

मेयर पदमा सत्तागठबन्धनका दल जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार सोहन शर्मा र राष्ट्रिय जनमोर्चाका उम्मेदवार शेर बहादुर कार्कीले उम्मेदवारी फिर्ता लिएका हुन् ।जितपुरसिमरा उपमहानगरमा शुक्रबार बिहान बसेको गठबन्धनमा आबद्ध दलहरुको बैठकले सत्तागठबनधनको केन्द्रीय तहमा भएको निणर्य अनुसार , गठबन्धनका उम्मेदवारलाई सघाउने भन्दै दुवै जनाको उम्मेदवारी फिर्ता लिने निणर्य गरेको थियो ।

त्यहि निणर्य अनुसार जसपाका मेयर उम्मेदवार शर्मा र जनमोर्चाका उम्मेदवार कार्कीले शुक्रबार उम्मेदवारी फिर्ता लिएकोे नेपाली काँग्रेसका उपमहानगर सभापति छविलाल शर्माले जानकारी दिए ।यस्तै बैठकले गठबन्धनको मर्म अनुरुप पालिका भित्रका वडा तहमा आ-आफ्ना उम्मेदवारलाई सघाउदै स्वस्थ प्रतिस्पर्धा गरी अघि बढ्ने निणर्य समेत गरेको छ ।यसैगरी बैठकले निर्वाचन सम्पन्न पश्चात मनोनित हुने कार्यपालिका सदस्यमा राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबाट एक-एक जना सदस्य मनोनित गर्ने निणर्य समेत गरेको छ ।

साझा गर्नुहोस्