कलैया–बरियारपुर सडकखण्डमा राती दुर्घटना हुदाँ ६ जना घाइते

गढिमाइ खबर
742 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

कलैया । बाराको कलैया उपमहानगरपालिका १४ बघवन स्थित कलैया बरियारपुर सडकखण्डमा दुई वटा मोटरसाइकल शुक्रबार ठक्कर खादा छ जना मानिस घाइते भएका छन्।

प्रदेश २–०३–०१६प४७३ नं.को मोटरसाइकल र बिआर ०५ एस ९०९२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खादा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्।

घाइते हुनेमा प्रदेश २–०३–०१६प४७३ नं. को मोटरसाइकल चालक बाराको महागढीमाई नगरपालिका १ सेमरा तेगछिया बस्ने अन्दाजी १८ वर्षीय अफताब आलम रहेका छन्। उनको अनुहार,दुवै खुट्टामा चोट लागेको तथा अवस्था मध्यम रहेको छ।

सोही मोटरसाइकल पछाडी सवार सोही ठाउँका वर्ष १८ को समसाद देवान घाइते भएका छन्। उनको दाहीने खुट्टा र ओठमा चोट लागेको छ। अवस्था मध्यम रहेको छ।

बिआर ०५ एस ९०९२ नं. को मोटरसाइकल चालक जिल्ला बारा सिम्रौनगढ नगरपालिका ११ कचोर्वा बस्ने अन्दाजी ३५ वर्षीय किशोरी साह घाइते भएका छन्। उनको टाउको,अनुहार,खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ।

सोही मोटरसाइकल पछाडी सवार सोही ठाउँमा बस्ने किशोरी साहको छोरा अन्दाजी १३ वर्षीय कौशल साहको बायाँ खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको छ।

सोही मोटरसाइकलमा पछाडी सवार सोही ठाउँमा बस्ने ललन साहको छोरा अन्दाजी १२ वर्षीय कृष्ण साहको टाउको,हातमा चोट लागेको तथा अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते पाँच जनाको उपचार कलैया प्रा.लि कलैया बारामा उपचार भईरहेको जनाइएको छ।

मोटरसाइकल पछाडी सवार सिम्रौनगढ वडा नं. ११ कचोर्वा निवासी ललन साहको ३७ वर्षीय श्रीमती जुही साहको टाउकोमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको छ। उनलाई कलैया अस्पतालबाट थप उपचारको लागी एनएमसी अस्पताल वीरगंज पर्सामा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

दुवै मोटरसाइकल अस्थायी प्रहरी पोष्ट बसपार्कको नियन्त्रणमा रहेको छ। घटना बारे थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिएका छन्।

साझा गर्नुहोस्