कलैया । प्रहरीले बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्ज स्थित कार्यालय अगाडी चेक पवाइन्टमा एक यात्रु बाहक बसबाट लाखौको प्रतिबन्धित पटाका बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी बरिष्ठ नायब निरिक्षक धन प्रसाद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले सोमबार दिउसो बीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको बा.प्र.०१–००६ ख ७०८५ नम्बरको यात्रुबाहक बसबाट रु एक लाख २ हजार बराबरको प्रतिबन्धीत पटाका बरामद गरेको हो ।
उक्त यात्रुबाहक बसलाई रोकी चेकजाच गर्दा उक्त बसको डिकी भित्र लुकाई छीपाई रखेको अबैध बिभिन्न किसिमको पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक बिजयराज पण्डितले जानकारी दिएका छन ।
प्रतिबन्धीत पटाका नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको प्रहरी नायब उपरिक्षक पण्डितले बताए ।









