तीनै तहको सरकारले उद्योगमैत्री बाताबरण सिर्जना गर्नुपर्छ ःमन्त्री महत्तो

गढीमाईखवर डट कम
102 पाठक संख्या पढ्न लाग्न समय 3 मिनेट
पढ्न लाग्न समय 3 मिनेट

रञ्जन यादब

मधेश प्रदेश सरकारका उद्योग पर्यटन तथा वातावरण मन्त्री शत्रुधन महतोले तीनै तहको सरकारले उद्योगमैत्री वातावरण सिर्जना गर्नमा महत्वपूणर् भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ ।जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघको पाँचौँ स्थापना दिवसको अवसरमा बाराको सिमरामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री महतोले उद्योग स्थापना र सञ्चालन तीनै तहको सरकारसँग सम्बन्धित रहेकाले गम्भीर हुनुपर्ने आवश्यक्ता औल्याउँनुभयो । प्रदेश सरकारले वीरगञ्जमा उद्योग विभाग र पर्यटन बिकास कार्यालय खोल्न लागेको जानकारी दिनुभयो । मन्त्री स्तरीय निणर्यबाट वीरगञ्जमा यी कार्यालयहरु स्थापना हुन लागेको बताउँनुभयो ।

एक हप्ता भित्रमै कार्यालय स्थापना गरी दर्ता देखि नबीकरणसम्मको प्रक्रियाका कार्यहरु सञ्चालन गर्ने सुनाउँनुभयो । मन्त्री महतोले वीरगञ्ज देखि ठोरीसम्मको क्षेत्रलाई औद्योगिक करिडोरको विषयमा छलफल भइरहेका बताउँनुभयो ।

जीतपुर सिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले उद्योग ऐन अनुसार उद्योगहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योगहरुले आर्जन गरेको नाफाको एक प्रतिशत भाग सामाजिक कार्यमा खर्च गर्नुपर्ने बताउँनुभयो ।एक प्रतिशत भागको कम्तीमा ५० प्रतिशत भाग सम्बन्धीत स्थानीय तहमा खर्च गरेर कानूनको पालना गर्न तर्फ उद्योगी ,ब्यवसायीहरुको ध्यानाकर्षण गराउँनुभयो ।

उहाँले उद्योगहरुलाई आफ्नो धर्म निर्वाह गरी व्यवसाय दर्ता देखि नक्सापास सम्बन्धी कार्यहरु गर्न आह्वान गर्नुभयो।जीतपुरसिमरामा सयौँको सङ्ख्यामा उद्योग ब्यवसाय भएपनि उद्योगको आन्तरिक आय आँठ करोड पनि नपुग्नु दुखद बिषय भएको बताउँनुभयो ।उद्योगी ब्यवसायीहरुले उद्योग मैत्री बाताबरण बनाईदिन माग गरेका छन् । बारा पर्सा जिल्लाबाट देशको ७० प्रतिशत राजश्व उठ्ने गरे पनि सरकारले यी जिल्लाहरुलाई अपहेलना गरेको बताएका छन् ।

उद्योगी ब्यवसायीहरुले बारा ,पर्सा र रौतहट जिल्लालाई औधोगिक करिडोर घोषणा गर्न माग गरेका छन् ।बिरगंज उद्योग बाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले देशको अर्थतन्त्र बृद्धिमा महत्वपुणर् भुमिका खेलेका उद्योगहरु यसै क्षेत्रमा रहेका कारण सरकारले यस क्षेत्रलाई औधोगिक करिडोर घोषणाको माग गरेका हुन् । उनले उद्योगलाई चाहिने प्राबिधिक जनशक्ति स्थानीय तहले प्राबिधिक संस्थाहरु खोलेर उत्पादन गर्न सल्लाह दिनुभयो ।

त्यस्ता जनशक्तिहरुलाइ रोजगार दिन यहाँकोे उद्योगहरु तयार रहेको बताउँनुभयो । मधेस प्रदेश उद्योग बाणिज्य संघका अध्यक्ष गणेश लाठले प्रदेश सरकारले आफनै औधोगिक क्षेत्र बनाउँनुपर्नेमा जोड दिनुभयो । ब्यपार सहजताकोलागि सरकारलाई सिमरा देखि पट्ना सम्मको फलाईट सञ्चालन गर्ने ब्यवस्था मिलाउँन आग्रह गर्नुयो । जनप्रतिनिधिहरुले नदी ,नालाको जग्गा ओगटेर उद्योगले प्रदुषण गर्ने तर त्यहाँका जनतालाई रोजगारी नदिने प्रबृतीप्रती आपती जनाउँदै उद्योगलाई रोजगारी दिन आग्रह गरेका थिए ।

।संस्थामा आबद्ध उद्योगी तथा ब्यवसायीलाई लक्षित हितकोषको शुरुवात गरिने नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले जानकारी दिनुभयो ।उहाँले ब्यवसायीक उत्कृष्टता र सदस्यहरुको मनोबल उच्च बनाउँन पुरस्कार सम्मान गर्न लागिपरेको बताउँनुभयो ।उहाँले नगर क्षेत्रभित्रका उद्योग कलकरखानाबाट १ जना ,उद्योग तथा कुटिर उद्योगबाट १ जना ,बाणिज्य क्षेत्रबाट १ जना ,कृषि क्षेत्रबाट १ जना ,पर्यटन क्षेत्रबाट १ जना र संचार क्षेत्रबाट एक जनालाई बार्षिक सधारण सभाको अवसरमा पुरस्कृत गरिने जानकारी दिनुभयो ।

जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव प्रकाश गिरीले गरेका थिए

साझा गर्नुहोस्