जिल्ला प्रशासन कार्यालय बारामा अवैध असूली

गढिमाइ खबर
702 पाठक संख्या

कलैया,२७ कार्तिक । जिल्ला प्रशासन कार्यालय बाराको राहदानी शाखामा अवैध असूली भइरहेको छ। यस शाखामा कार्यरत खरिदार साह र चौधरी अवैध असुलीमा ब्यस्त भएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाराको राहदानी शाखाका खरिदार एम.बि.सी साह र राहदानी वितरण शाखाका खरिदार निरज चौधरीले अवैध असुली गरिरहेको खुलाशा भएको हो।

दुबै जनाले सेवाग्राहीहरु संग विभिन्न बहानामा पैसा माग्ने गरेको पाईएको छ ।

नयाँ राहदानी र प्रतिलिपी राहदानी बनाउन आउने सेवाग्राहीहरुसंग बिना पैसा नलिई काम नगरेको एक सेवाग्राहीले बताएका छन् ।

सेवाग्राहीका अनुसार प्रतिलिपी राहदानी लिन आउँदा आफ्नो नागरिकतामा आमाको नाम नभएको हुँदा उक्त राहदानी सच्चाई दिए बापत ५ सय रुपैयाँ ई–सेवा नम्बर ९८१५२१५२४४ मार्फत माग गरेका छन्।

उक्त रकम ई– सेवामा हालेपछी मात्र राहदानीको फर्म सच्चाई दिने सेवाग्राहीलाई खरिदार साहले बताएका थिए ।

जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईसंग यस विषयमा बुझन खोज्दा यो सूचनालाई सकारात्मक रुपमा लिदै उनले भने कुन कर्मचारीले यस्तो काम गर्दै छ प्रमाण दिनुस् हामी सोधपुछ तथा कारवाही गर्छौ भन्ने प्रतिक्रिया दिएका छन्।

बारामा नयाँ राहदानी,पुरानो राहदानी सच्चाउने लगायतको विषयमा १० हजार सेवाग्राहीले सेवा लिने गरेका छन्।

प्रत्येक मानिससंग पाँच सय रुपैयाँ लिए भने सो वापत ५० लाख रुपैयाँ हुन आउँछ। यो घुस रकम होइन, खुश रकम हो, एक कर्मचारीको टिप्पणी रहेको छ।

भ्रष्टाचार नियन्त्रण गर्ने एक एकाई प्रशासन भए पनि यहाँ अवैध असूली हुनुले सेवाग्राही कति मार्कामा छन्,त्यो कल्पना समेत गर्न सकिदैन।

साझा गर्नुहोस्