पथलैया खानेपानी उपभोक्ता तथा सरसफाई समितिमा नव निर्वाचित समितिको पद तथा गोपनियताको सपथ ग्रहण

गढिमाइ खबर
पढ्न लाग्न समय 2 मिनेट

रञ्जन यादव/

पथलैया खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नवनिर्वाचित पदाधिकारीहरुको पद तथा गोपनियताको सपथ ग्रहण र प्रमाणपत्र बितरण कार्यक्रम पथलैयामा सम्पन्न भएको छ ।

कार्यक्रममा निर्वाचन अधिकृत शंकरकुमार अचार्यले नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँनुभएको थियो ।

समितिको २५औं साधारणसभाले सर्वसम्मत् नेतृत्व चयन गर्न नसकेपछि भएको निर्वाचनमा सुरेश कुमार लामा नेतृत्वको प्यानल निर्वाचित भएको हो ।

समितिको २५औं साधारणसभाले सर्वसम्मत् नेतृत्व चयन गर्न नसकेपछि भएको निर्वाचनमा लामा नेतृत्वको प्यानल निर्वाचित भएको हो ।

नवनिर्वाचित समितिको अध्यक्षमा लामा, उपाध्यक्षमा तोयानाथ खनाल, सचिवमा किरण आले मगर, कोषाध्यक्षमा लाक्पा ग्याबु शेर्पा र सहसचिवमा खड्कराज तामाङग निर्वाचित हुनुभएको छ ।

त्यस्तै समितिको सदस्यहरुमा एकमाया जिम्बा, दीपेन्द्र कुमार श्रेष्ठ,दीप राई ,लक्ष्मी भट्ट ,प्रेमबहादुर लामा र पार्वती श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

अध्यक्ष पदका लागि तीन जनाबीच भएको प्रतिस्पर्धामा लामा कार्कीसंग ७८ मतको मतान्तरले निर्वाचित भएका छन् ।

लामाले दुई सय ७९ मत प्राप्त गर्दा खिल बहादुर कार्कीले दुई सय एक मत प्राप्त गरे । यसैगरी अध्यक्षका एकल उम्मेदवार राजकुमार डिमडुङले ७८ मत प्राप्त गर्नुभएको छ । कुल ६ सय ४३ मतदातामध्ये निर्वाचनमा पाँच सय ७३ मत खसेको थियो ।

सपथ ग्रहण कार्यक्रमको अध्यक्षता जीतपुरसिमरा वडा नं १ का अध्यक्ष हिराबहादुर गुरुगंले गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति छविलाल शर्माको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि श्यामबाबु गुप्ता, रामबहादुर अधिकारी, राजकुमार थापा,श्याम सुवेदी,नेकपा माओवादीका यमनाथ ओझा, बेनी तिमल्सिना,मिन प्रसाद आपागाइँ, नेकपा समाजवादीका रामदास धैजुलगायतले निर्वाचित पदाधिकारीहरुलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

निर्वाचन अधिकृत भुवन राईले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सुमन थापा मगरले गर्नुभएको थियो ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *