कसैको दवाव र प्रभावमा नपरी काम गर्ने छु – प्रहरी उपरिक्षक काफ्ले

गढिमाइ खबर
पढ्न लाग्न समय 2 मिनेट

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले आफु प्रचलित ऐन र कानुनको परिधिमा रहेर कसैको दवाव र प्रभावमा नपरी काम गर्ने बताउनु भएको छ ।

भर्खरै सरुवा भएर बारा प्रहरीको नेतृत्व सम्हाल्न आएका एसपी काफ्लेले शुक्रवार जिल्ला प्रहरी कार्यालय स्थित आफ्नै कार्यकक्षमा बाराली पत्रकारहरुसंग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन ।

उनले प्रहरी कार्यालयमा हुने विचौलीयाको अन्त्य गर्न सम्बन्धीत घटना र मुद्धाको आफ्न्त वाहेकलाई अन्य व्यक्तिहरुको भिडाभाडलाई कम गर्न आफु कार्यालयमा हाजिर भएदेखि नै काम शुरु गरि सकेको बताउनुभयो ।

पत्रकारहरुको जिज्ञासामा एसपी काफ्लेले दोहोर मुद्धा दर्ता नहुने बताउदै प्रचलित कानुन अनुसार जसले जे अपराध गरेको छ, सोही प्रकृतिको मुद्धा मात्र दर्ता गरिने प्रतिबद्धता जनाएका छन ।

जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न आफुले कुनै कसर बाँकी नराख्ने एसपी काफ्लेको भनाईछ । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता दधिराम न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

दाङ बाट सरुवा भएर बारा जिल्लामा आएका एसपी काफ्लेले जिल्लाका सवै पत्रकारहरुसंग जिल्लाको सर्मग अवस्थाका वारेमा जानकारी लिएका थिए ।

सो अवसरमा पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, उपाध्यक्ष रामबावु मेहता, पुर्वअध्यक्ष गुरुप्रसाद गौतम, अग्रज पत्रकार सत्यप्रकास श्रेष्ठ, गकुल घोरसाईने, पत्रकार महासंघ बाराका पुर्वउपाध्यक्ष राकेश पाण्डे, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गणेशराज रिजाल, पत्रकारहरु जयनारायण यादव, सिकेन्द्र पासवान, सन्तोष पाण्डे, पुष्पराज खतिवडा,बसन्त खतिवडा लगायतकाले जिल्लाको अवस्था र आम नागरिकहरुले जिल्लाको अवस्थाका वारेमा जानकारी गराएका थिए ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *