नेकपा एमालेका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेसमाआफ्नो पार्टी बलियो हुँदै गएको दाबी गरेका छन् ।
नेकपा एमाले बारा जिल्ला कमिटीको आयोजनामा आदर्श कोतवालको चिउँटाहामा शनिवार भएको पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।
वीरगन्जका मेयर, आदर्शकोतवाल गाउँपालिका अध्यक्षसहित हरेक जिल्लामा हजारौं नेता कार्यकर्ता, अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु र अन्य पार्टीका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्न थालेकोले बलियो हुँदै गएको उनले बताए ।
उनले एमाले पार्टीले नै मधेसको विकास गर्नसक्ने दाबी गर्दै पार्टीमा प्रवेश गर्न आह्वान गरे ।
मधेसका पार्टी र नेताले मधेसमा विकास गर्न नसकेको उनले दाबी गरे ।
बारा र रौतहटमा सहीद भएको र आन्दोलनको केन्द्र भएकोले यो दुबै जिल्लाको इतिहास गर्व गर्ने लायक भएको उनले बताए ।
मधेसवादी पार्टीले जनतालाई अलमल्याउने काम मात्र गरेकोले उनको धारण थियो । वीरगन्ज महानगर अब हाम्रो पार्टीको नियन्त्रणमा आएको उनले बताए ।
बारा र रौतहटवासीले जनता जगाएको इतिहास बोकेको जिल्ला भएको उनले बताए ।
तराईमधेसमा सजिलोसित विकास गर्न सकिने उनको धारणा थियो । पहाडमा सडक बनाउन बर्षौ लाग्ने र मधेसमा माटो उठाएर सजिलै सडक बनाउन सकिने उनको भनाइ थियो ।