सशस्त्र प्रहरीद्वारा लाखौंको माछासहित अवैध सामान बरामद

गढिमाइ खबर
169 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

कलैया : सशस्त्र प्रहरीले बारामा १३ लाख बराबरको अवैध माछा, मदिरा कपडा सहित मोटरसाइकल नियन्त्रणमा लिएकोे छ।

सशस्त्र प्रहरी बल नं। १२ गण बाराका गणपति एवम् प्रहरी उपरीक्षक खुमबहादुर केसीका अनुसार बि.ओ.पि.बरैनियाको टोलीले बिश्रामपुर ०४ बलिरामपुर सीमा ईलाकामा आइतबार नेपालबाट अबैध रुपमा ४६ हजार एक सय ७० रुपैयाँ बराबरको नेपाली सिल प्याक मदिरा बरामद गर्नुको साथै बि आर ०५ बि एल २६५६ नं।को भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको छ।

फेटा गाउँपालिका १ त्रिवेणी चोकमा अबैधरुपमा भारतबाट १ जना ब्यक्तिले मोटरसाइकलको प्रयोग गरि नेपाल तर्फ ल्याउदै गरेको सामान बरैनियाको टोलिले बरामद गरेको छ।
अन्दाजी एक लाख १९ हजार आठ सय ८० रुपैयाँ बराबरको रेडिमेड कपडा र मोटरसाइकल बरामद गरेको हो।

वि.ओ.पि. गोलागंजबाट सशस्त्र प्रहरी निरीक्षक ईश्वर कार्कीको कमाण्डमा खटिगएको ०९ जनाको गाडी मोवाईल टोलीले छ वटा मोटरसाइकल सहित माछा बरामद गरेको छ।

बाराको सिम्रौनगढ नगरपालिका – ७ कवलपुर सीमा ईलाकामा अबैध रुपमा भारतबाट ६ वटा मोटरसाइकलहरु प्रयोग गरि लुकाई छिपाई नेपाल तर्फ ल्याउदै गरेको एक लाख ६५ हजार बराबरको माछा बरामद गरेको छ। ११ कार्टुन अन्दाजी ५५० के।जी। खान अयोग्य माछा सो टोलिले नियन्त्रणमा लिएको हो।

मोटरसाइकल तथा माछा गरी कूल १० लाख १५ हजार रुपैयाँ बराबरको सामाग्री रहेको छ। पशु क्वारेन्टिन, नेपाल प्रहरी, स्थानीय पत्रकारको रोहवरमा खाल्डो खनि माछा गाडेर नष्ट गरिएको केसीले जानकारी दिए। मोटरसाइकलहरू भन्सार कार्यालयमा वुझाईएको छ।

साझा गर्नुहोस्