प्रिन्सिपल स्वर्णकारका मुख्य सुटर सिंह पक्राउ

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 94
पढ्न लाग्ने समय : 2 मि.

बारा प्रहरीले रुपेश स्वर्णकारलाई गाेली प्रहार गर्ने भारतिय सुटर सिंहलाई नियन्त्रणमा लिएकाे छ ।

बाराको सदरमुकाम कलैयामा दिन दहाडै बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारमाथि गोली प्रहार गरी हत्या भएको घटनाका मुख्य अभियुक्त सिंहलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहियाका २५ वर्षिय सुजित कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफलेले बताए । उनलाई प्रहरीले एक थान पेस्तोल र ५ थान गोली समेत पक्राउ गरेको हो ।

बाराको बिश्रामपुर गाँउपालिका – ३ मा देखिएका उनलाई प्रहरीले पक्राउ गर्न खोजेपछि भागेकोमा दुबै खुट्टामा गोली प्रहार गरी पक्राउ गरिएको काफलेले बताएका छन् ।

सिङकाे हाल प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेकाे छ ।

गत दुई महिना अघि कार्तिक १३ गते बाराको सदरमुकाम कलैया उपमहानगर- ६ मा दुई मोटरसाईकलमा आएका चार जनाको अज्ञात समुहले बाल एकता बोर्डिङका स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारलाई दिन दहाडै गोली प्रहार गरी हत्या गरेका थिए ।

अज्ञात समुहले स्वर्णकारको छाती,टाउकोमा गरी चार राउन्ड गोली प्रहार गरी फरार मध्येका मुख्य सुटर सिह रहेको प्रहरीले जनाएको छ ।

खुट्टामा गोली लागेका सिहलाई कलैया अस्पतालमा राखेर उपचार भईरहेको प्रहरीले जनाएको छ । सार्पसुटरका नामबाट परिचित सिह यस अघिका बाराका दुई घटनाका समेत सुटर रहेको प्रहरीले जनाएको छ ।

त्यसकाे करिब २ महिनामा सुटरलाई बारा प्रहरीले गाेली चलाएर नियन्त्रणमा लिन सफल भएकाे हाे ।

सुटरका नामबाट परिचित सिंह यस अघि पनि बाराका दुई घटनाका समेत सुटर रहेको प्रहरीले जनाएको छ । घटनाको छानविन भईरहेको र विस्तृत विवरण आउन बाँकी छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।