दुई नेतामाथी कुटपिट र दुव्र्यवहार विरुद्ध प्रर्दशन,डिएस्पी पाण्डे र प्रहरी निरिक्षक साहलाई कारवाहीको माग

गढिमाइ खबर
108 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरिक्षक रुपेश साहलाई कार्बाहीको माग राख्दै बुधवार बाराको कलैयामा प्रर्दशन गरिएको छ ।

प्रहरी नायब उपरिक्षक पाण्डे र प्रहरी निरिक्षक साहले नेपाली काँग्रेस र नेकपा एकिकृत समाजवादी पार्टीका नेताद्धय भैयाराय यादव र धुव्र यादवलाई कुटपिट तथा दुव्र्यवहार गरेको विरुद्ध आन्दोलन भएको हो । नेपाली काँग्रेस बाराका सचिब भैयाराम यादब र नेकपा एकिकृत समाजवादी पार्टी बाराका जिल्ला उपसचिब धु्रव यादबमाथि प्रहरीले कुटपिट र गाली गलौज गरेको घटनालाई लिएर वृहद आन्दोलन भएको हो ।

सवारी दुर्घटनाका बिषयमा छलफल गर्न प्रहरी कार्यालय पुगेका दुवै नेताहरुलाई प्रहरीले कुटपिट र दुव्र्यबहार गरेको दुवै दलले बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई संयुक्त रुपमा बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।

एउटा दुर्घटनाको विषयमा भईरहेको छलफलमा पिडितको आग्रहमा आफु प्रहरी कार्यालय गएको तर घटनाको विषयमा बुझ्न खोज्दा डिएस्पी पाण्डेले विभिन्न अपशव्द प्रयोग गर्दै कपालमा समातेर कन्ट्रोल रुममा ल्याएर पाण्डे र निरिक्षक साहले हातपात गर्दै बुटले समेत शरिरको विभिन्न भागमा हिर्काएको नेपाली काँग्रेसका सचिव समेत रहेका यादवले पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन । उनले नायब उपरिक्षक पाण्डे र प्रहरी निरिक्षक साहलाई निलम्बन कडा कारवाही गर्न माग समेत गरेका छन ।

यता प्रहरी नायब उपरिक्षक पुरुषोत्तम पाण्डेले भने आफु लगायत आफनो प्रहरीले कसैलाई पनि कुटपिट तथा दुब्र्यवहार नगरेको बताएका छन् ।

घटनालाई लिएर बुधवार नेपाली काँग्रेसका उपसभापति मनोज भट्ट र नेकपा एकिृत समाजवादी पार्टीका जिल्ला ईन्चार्ज दिनेश राईको नेतृत्वमा प्रहरीको ज्याजति विरुद्धमा प्रर्दशन गरिएको हो । प्रर्दशन पश्चात डिएस्पी पाण्डे र निरिक्षक साहलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारी नवराज रापकोटालाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

साझा गर्नुहोस्