सिंचाईको लागि नौँ वटा डिप बोरिङ्ग सञ्चालन

गढिमाइ खबर
पढ्न लाग्न समय 1 मिनेट

रञ्जन यादब/

बारा क्षेत्र नं.३ मा किसानको सिंचाईको लागि नौँ वटा डिप बोरिङ्ग सञ्चालनमा आएको छ । क्षेत्र नं.३ का निबर्तमान प्रतिनिधि सभा सदस्य रामबाबु यादबको पहलमा र समृद्ध तराई मधेस परियोजनाको सहयोगमा डिप बोरिङ्ग सञ्चालनमा आईरहेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.१४ रजघट्टामा,कलैया उपमहानगरपालिकाको वडा नं. १० ,१५,१२,२६,२७ र १६,फेटा गाउँपालिकाको वडा नं.६ र ७ मा उद्घाटन भई सञ्चालनमा आईसकेको निबर्तमान प्रतिनिधि सभा सदस्य यादबले जानकारी दिनुभयो ।

सुवर्ण गाउँपालिकाको वडा नं.२,११ र १३ र महागढीमाई नगरपालिकाको वडा नं.५ र जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.११ र १३ मा सञ्चालनको अन्तिम चरणमा पुगिसकेको उहाँले बताउँनुभयो ।

बाराको बिभिन्न १५ वटा ठाउँमा डिप टयुबेल सञ्चालन गर्ने समृद्ध तराई मधेस परियोजनाको लक्ष्य छ । करिब ६० लाख देखि ८० लाखको लागतमा एउटा डिप बोरिङ्ग सञ्चालनमा आउँने गरेको छ । प्रत्येक दिन डिप बोरिङ्गले ८० देखि एक सय बिघा सम्म खेतमा सिंचाई गर्ने क्षमता राख्ने गरेको किसान जीवनाथ गौतम बताउनु भयो ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *