काँग्रेस र लोसपा बिच सिम्रौनगढमा झपड, स्थिती नियन्त्रणका गर्न प्रहरीद्धारा १५ थान टियर ग्यास प्रहार

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 480
पढ्न लाग्ने समय : 2 मि.

सिकेन्द्र पासवान/
नेपाली काँग्रेस र लोसपाका कार्यकर्ताहरुवीच सिम्रौनगढमा झपड हुदा स्थिती नियन्त्रणमा लिन प्रहरीले १५ थान टियर ग्यास प्रहार गरेका छन ।

निवर्तान मेयर बिजयशंकर यादवले शिक्षा र स्वास्थ्य शाखाको प्रमुखमा नियुतm गरेको शाखा प्रमुखहरुलाई बिना छलफल, सुचना नै नदिई तिनीहरुलाई हटाई आफनो पक्षका कर्मचारीहरुलाई मेयर किशोरी साहले ती दुवै शाखाको जिम्मेवारी दिएपछि नेपाली काँग्रेसबाट निर्वाचित वडाअध्यक्षहरुले प्रमुख प्रशासकिय अधिकृत हरिओम साहसंग सोधपुछ गरिरहेको बेलामा उपमेयर नजबुन शेहरका श्रीमान मोतिमले हस्तक्षेप गरि अपशब्द प्रयाग गरेपछि विवाद सृजना भई झडपको अवस्था आएको वडा नम्बर ४ का वडाअध्यक्ष अवधेस सहनीले जानकारी दिए ।

फाँट चेन्ज गर्नुले हाम्रो कुनै सरोकार नभई वडामा सचिव पठाउने माँग गर्दा मेयरले आनाकानी गर्ने र वडा सचिवलाई शाखाको प्रमुख बनाई नगरपालिकामा काम लगाउने बिषय लगत रहेको वडाअध्यक्ष सहनीले भने ।

काँग्रसबाट निर्वाचित वडाअध्यक्ष सहित कार्यपालिकाको बहुमत सदस्यहरुले जिन्सी शाखा प्रमुख रहेका वडा सचिव सुरेश यादवलाई वडा सचिवको रुपमा वडामा खटाउन मेयर साहसंग लिखित रुपमा माँग गर्दा समेत माँग प्रति सुनवाई नगर्ने र पुर्वाग्राही रुपमा कहिले कर्मचारीहरुको म्याद नथप्ने त कहिले फाट चेन्ज गर्ने त कहिले कर्मचारीहरुको तलव कटौती गर्ने जस्ता बिषय ल्याएर नगरपालिकाको कामकाज प्रभावित पार्ने गरेको वडा नम्बर ३ का वडाअध्यक्ष उजुल्लाह अंसारीले बताए ।

हजारौ ब्यतिmहरु जम्मा भई दुवैपक्षबाट ढुगामुढा हुदा स्थिती तनावग्रस भएको थियो । दुवैपक्षबाट दर्जनौ घाईते भएको छ भने प्रहरी ५जना समान्य घाईते भएको प्रहरी प्रवतmा राजेश थापाले जानकारी दिए । समाचार तयार पर्दा सम्म अवस्था समान्य रहेको प्रवतmा थापाले भने ।

कुनै मानविय क्षेति नहोस भने उदेश्यका साथ अहिले सिम्रौनगढमा नेपाल प्रहरी, शस्सत्र प्रहरी ब्यापक रुपमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन ।

यसैबिच काँग्रेस निकटका वडाअध्यक्षहरुले नगरपालिकाको मुलगेटमा तालाबन्दी गरेका छन । माँग पुरा नभए सम्म तालाबन्दी जारी राख्ने वडा नम्बर १ का वडाअध्यक्ष दिनदयाल मुखियाले जानकारी दिए ।

 

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।