हाम्रो मामाघरका बालबालिकालाई सहयोग

गढीमाईखवर डट कम
156 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

रवीन्द्र प्रसाद साह/
बाराको निजगढमा रहेको हाम्रो मामाघरमा संरक्षित बालबालिकाहरुको लागि नगद सहयोग गरेको भएको छ ।

विगत लामो समयदेखि अस्ट्रेलियामा जिवनयापन गर्दै आएका पाल्पा रामपुरका ठाकुर प्रसाद पोखरेल तथा उनका साथीहरुद्वारा मामाघरलाई सहयोग गरेका हुन । सोमवार उनीहरुले मामाघरलाई सहयोग गरेका हुन ।

पोखरेल सहित साथीहरुले नगद रु २५ हजार रुपैयाँ हाम्रो मामाघरका सचीव अमृत अधिकारीको निजगढमा रहेको ज्योती विकास बैंक खातामार्फत उक्त रकम पठाएका थिए ।

विगतको वर्षमा पनि उनीहरुले मामाघरका बालबालिकाको निम्ति नगद रु १० हजार सहयोग गरीसकेका थिए।

परदेशमा रहेर पनि घरदेशलाई सम्झेर सदैव आफू सहयोग गर्न तत्पर रहेको भन्ने भनाइ पोखरेलको रहेको थियो। सहयोग गरेकोमा हाम्रो मामाघर परिवारले सबैलाई धन्यवाद ज्ञापन गरेको छ।

साझा गर्नुहोस्