किसान माथि कलैया उपमहानगरको ज्यादती बढ्दो

गढिमाइ खबर
101 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया । बाराको कलैया उपमहानगरपालिकाले किसानमाथि ज्यादती गर्दै आएको छ । कलैया बजारमा किसानलाई उपमहानगरले उपलब्ध गराएको सेड ब्यापारीले कब्जा गरे पछी किसानहरु कलैया बजारमा बेच्न राखेको हरियो सागसब्जी तथा तरकारी नगर प्रहरीले जफत गरेको उनीहरुको भनाइ छ ।

जफत गरिएको तरकारी किसानलाई बेलैमा फिर्ता दिनुको साटो उपमहानगरले अझै कार्यालय परिसरमा राखेकोमा किसानले आफुहरु माथि ज्यादती भएको बताएका छन् ।

ज्यादती बढ्दै गए पछी मंगलबार कलैया उपमहानगरपालिकाको कार्यालय घेराउ गर्दै किसानहरुले प्रदर्शन गरेका छन् । किसानहरुले कलैया उपमहानगरपालिकामेयर बिनोद साहले समेत ध्यान नदिएको र झन आफुहरुलाई पेल्न खोजेको आरोप लगाएका छन् ।

प्रदर्शन भए पछी नगरप्रहरी ले उल्टै किसानहरुलाई कुहिएको तरकारी गएर बेच्न भनेको किसानको भनाइ छ । प्रदर्शनमा सहभागी भएका कलैया उपमहानगरपालिका–८ का रोहित चौरसियाले उपमहानगरले किसानलाई क्षतिपूर्ति दिनुको साटो कुहिएको तरकारी लगेर बेच्न भनिरहेको बताए । यस विषयमा कलैया उपमहानगरका मेयर बिनोद साह , उपमेयर रौशन परविन मौन रहेका छन् ।

ट्यागहरू :
साझा गर्नुहोस्