जनतासँग प्रत्यक्ष जाडिएको बिषय बस्तुहरु बिकेन्द्रिकृत हुनुपर्ने – भुमि व्यवस्था मन्त्री श्रेष्ठ

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 2 मिनेट

संघीय सरकारका भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जनतासँग प्रत्यक्ष जाडिएको बिषय बस्तुहरु संघियताको मर्मअनुसार बिकेन्द्रिकृत हुनुपर्ने बताउँनुभएको छ ।

बारा स्थित सिम्रौनगढमा मालपोत र नापि कार्यालयको उदघाटन गर्नु हुँदै मन्त्री श्रेष्ठले सिंह दरबारको अधिकार गाउँघरमा ल्यैजाउँनुपर्छ भन्ने भनाई बोलाईमा मात्र सिमित भएका कारण यसलाई ब्यहारमा पनि उतारर्नुपर्नेमा जोड दिनुभएको छ ।

अहिले पनि राज्यको अधिकाँस संरचनाहरु केन्द्रित भएका कारण यसलाई जनताको गाउँघर वा स्थानीय तहमा लग्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

मन्त्री श्रेष्ठले अरु मन्त्रालय के गर्छ थाह छैन् ,उनले भनीन् आफुले आफनो मन्त्रालयको हरेक गतिबिधि प्रबिधियुक्त बनाई गाउँघर सम्म पुरयाउँन प्रतिबद्ध रहेको बताउँनुभयो ।

साँत बर्ष अगाडि सिम्रौनगढमा मालपोत र नापी कार्यालय ल्याउँने निर्णय गरिएको भए पनि कार्यान्वयनमा ल्याउँन नसकिरहेको खण्डमा आफुले यहाँको स्थानीयसँग सहकार्य गरेर ल्याएरै छाडेको बताउँनुभयो ।

भुमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले घुस लिने र दिने दुबै दोषि हुने भएकाले यस्ता क्रियाकलाबहरुलाई निरुत्साहित गर्नुपर्ने बताउँनुभयो।

नियमबिपरित कार्य गर्न कसैलाई पनि छुट नभएका कारण आफु स्वयम काननु, नियमको अधिनमा रही काम गराउँनुपर्ने यदी काम नगरेको खण्डमा त्यस्ता ब्यक्ती वा संस्थालाई समाजमा सार्बजनिक गरिदिनुपर्ने बताउँनुभयो ।

२०७२ सालमा सरकारले सिमरा र सिम्रौनगढमा मालपोत कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

निर्णय गरेकै वर्षदेखि सिमरामा मालपोत कार्यालय सञ्चालनमा आएपनि सिम्रौनगढमा भने निर्णय कार्यान्वयन हुन सकेको थिएन ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप््रमुख राजन पौडेल ,सिम्रौनगढ नगरपालिकाको नगरप्रमुख किशोरि प्रसाद जयसवाल, उपप्रमुख नजमु शेहर ,नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य अनिल श्रेष्ठ ,केन्द्रिय सदस्य गोपाल ठाकुर ,बारा प्रहरी प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोग्टी लगायतको सहभागिता रहेको थियो ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *