जीतपुर : बाराको साझेदारी बन क्षेत्रबाट दुई वटा टेम्पुमा दाउरा लोड गरिएको टेम्पु नियन्त्रणमा लिएको छ ।
गढीमाई साझेदारी बन समुह,पथलैयाको बन क्षेत्रबाट ब्यवसायीक प्रायोजनको लागि टेम्पुमा दाउरा लोड गरि लैजादैँ गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
सब डिभिजन बन कार्यालय पथलैयाका साहयक बन अधिकृत ललन राउतले दिएको जानकारी अनुसार दाउरा लोड गरी लैजानेहरु आफनो दैनिक जीवनपार्जनको लागि दाउरा बिक्री गरेर गुजारा गर्ने मानिसहरु रहेका हुन ।
नियन्त्रणमा लिएको टेम्पु र दाउरालाई सब डिभिजन बन कार्यालय पथलैयाको नियन्त्रणमा राखिएको उनले बताए ।
चाड,पर्ब लक्षित गस्तीलाई तिब्रता दिने क्रममा टेम्पु सहितको दाउरा नियन्त्रणमा लिएको डिभिजनल बन अधिकृत राजिब कुमार झाले जानकारी दिए ।
नियन्त्रणमा लिएको टेम्पु र दाउरा सम्बन्धमा अनुसन्धान भईरहेको अधिकृत झाले बताए ।