देवताल गाँउपालिकामा जसपाको कब्जा

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 807
पढ्न लाग्ने समय : 1 मि.

बाराको देवताल गाँउपालिकामा जनता समाजवादी पार्टीका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन ।

जसपाका उम्मेदवार उदय प्रसाद यादवले ४ हजार १ सय ६७ मत ल्याई बिजयी भएका छन ।

उनको प्रतिद्धन्दी लोसपका चन्दन सिंहले ३ हजार ५ सय ७५ मत ल्याएका थिए ।

यो भन्दा अगाडी सिंह गाँउपालिकाको अध्यक्षमा निर्वाचित भएको थिए ।

त्यसैगरि देवतालमा उपाध्यक्षमा पनि जसपाकी सितापति देवी यादवले ४ हजार २ सय २ मतल्याई बिजयीभएकी छिन ।

उनको निकटतम प्रतिद्धन्धी लोसपाकी उपाध्यक्ष उम्मेदवार रामपति देवीले ३ हजार ७६ मतमा सिमित भईन ।

यो भन्दा अगाडी सो पालिकामा रामपति नै उपाध्यक्षमा निर्वाचित भएकी थिईन ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।