बारामा सिचाई गर्ने क्रममा करेन्ट लागेर एक जनाको मुत्यू भएको प्रहरीले जनाएको छ ।
मुत्यू हुनेमा महागढीमाई नगरपालिका वडा नम्बर ९ ब्रम्हपुरी निवासी अन्दाजी ५० वर्षिय रामेश्वर महतोको रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
खेतबारीमा रहेको पानी तान्ने मोटरमा जडान गरेको तारबाट उनलाई करेन्ट लागेको हो ।
करेन्ट लागेर घाईते भएका उनलाई जिल्ला अस्पताल कलैया ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिप्रका बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन ।









