बिलभन्दा बढीको सामान लोड रहेको ट्रक बारा प्रहरीको नियन्त्रणमा

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 216
पढ्न लाग्ने समय : 1 मि.

गढीमाई संवाददाता/

बिल बिजक भन्दा बढी हार्डवेयर तथा अटो पार्टका सामानहरू लोड रहेको ट्रक बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले विशेष सूचनाको आधारमा मंगलवारी गए राती विरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको अवस्थामा जितपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २१ अमलेखगंज चोकमा रोकी चेकजाँच गर्ने क्रममा ना.३.ख.५६७२ नम्बरको ट्रकबाट ५९ लाख १२ हजार ७ सय १७ रुपैयाँ बराबरको सामान सहित ट्रकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

उक्त ट्रकबाट बिलबिजक भन्दा बढीको श्रोत खुलाउन नसकेको हार्डवेयर तथा अटो पार्टका सामानहरू बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडी बढाइएको प्रवक्ता न्यौपानेले बताए ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।