प्रथम रामनगर सोनाम ल्होछार महोत्सव पाँचौ दिनमा

गढिमाइ खबर
152 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरमा जारी प्रथम रामनगर सोनाम ल्होछार महोत्सव शुक्रबार पाँचौ दिनमा प्रवेश गरेको छ ।

“राष्ट्रको शान, धर्म र संस्कृति हाम्रो पहिचान“ भन्ने मुख्य नाराका आयोजन भईरहेको रामनगर महोत्सवमा शुक्रवार साँझा लोकप्रिय गायिका सोनु कुस्मी,गायक गायक,गायक च्वायस दोङ र गायक विकास पाण्डेको जोडदार गायन तथा प्रस्तुति गरेका थिए ।

महोत्सवको हरेक दिने राष्ट्रिय तथा स्थानीय गायक, गायिकाले सांगितीक प्रस्तुति दिदै आएका छन । त्यस्तै महोत्सवमा विभिन्न नृत्य,तामाङ जातिको संस्कृति र परम्परा झल्किने झाँकी,नृत्य प्रस्तुतिकरण गरीएको आयोज समितिका कलम थिङले जानकारी दिएका छन ।

स्थानीय नेपाल तामाङ् घेदुङ वडा कार्यसमिति,रामनगर युथ क्लबको संयुक्त आयोजनामा भईरहेको उक्त महोत्सवमा व्यापारिक स्टलहरु,होटल तथा खानाका परिकारहरु राखिएका छन । यसैगरी मनोरन्जनका लागि खेलतमासा, बाल उद्यान समेतको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

महोत्सवको व्यवस्थापन लालिगुराँस कृयशन मिडिया प्रालि,मिडिया पार्टनरमा साझेदारी राष्ट्रिय दैनिक,महोत्सवको संरक्षकमा जीतपुरसिमरा उपमहानगरपालिका र वडा नम्बर १७ को वडा कार्यालय रहेको आयोजक रामनगर युथ क्लबका अध्यक्ष एवम् महोत्सवको संयोजक साजन दोङले जनाएका छन ।

गत माघ १४ गतदेखी शरु भएको प्रथम रामनगर महोत्सव माघ २० गतेसम्म चल्ने छन । महोत्सवको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले उद्घाटन गरेका थिए ।

साझा गर्नुहोस्