मधेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 611
पढ्न लाग्ने समय : 1 मि.

बारा । मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त भएका छन् ।

मधेश प्रदेशसभामा कुल १०७ सांसद रहेकोेमा ६३ जना प्रदेशसभाको समर्थनसहित दाबी पेस गरेका यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्रीको शपथ पुस २९ गते हुने बताइएको छ ।

मुख्यमन्त्री यादव लाई एमालेका २३, जसपाका १६, जनमत पार्टीका १३, माओवादी केन्द्रका सात, राप्रपाका एक, नागरिक उन्मुक्ति पार्टीका एक र दुई जना स्वतन्त्र सांसदले समर्थन गरेका हुन्।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।