कलैया । आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन को लागि मङ्सिर १ गते राती १२ बजे देखि सीमा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले मतदान हुनु भन्दा ७२ घण्टा अगाडी नै नाका वन्द हुने सूचना जारी गरेको छ ।
मङ्सिर १ गते राति १२ बजे देखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि नाका बन्द हुने पर्सा का प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए ।