कलैया : नेपाल पत्रकार महासंघ बाराका नव निर्वाचित कार्यसमितिको शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ बाराको कलैयास्थित सभाहलमा शनिबार सम्पन्न कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत निवेश तिमल्सिनाले नवनिर्वाचित अध्यक्ष रमेश सुवेदीलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्।
कार्यक्रममा अध्यक्ष सुवेदीले कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुलाई सपथ दिलाएका थिए। निर्वाचन समितिले गत मंसिर २८ गते भएको मतदानबाट निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गरेको थियो।
नेपाल पत्रकार महासंघ बाराका निवर्तमान अध्यक्ष रेशम तिवारीले नवनिर्वाचित अध्यक्ष सुवेदीलाई महासंघको कार्यालयको आवश्यक सामग्री हस्तान्तरण गरेका थिए।
त्यसअघि पदभार ग्रहण कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष कमलकुमार उपाध्याय,महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवान,राजु विश्वकर्मा,नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य गणेशराज रिजाल,मेची महाकाली मिडीया सोसाइटी बाराका अध्यक्ष भोजराज भट्टराई,प्रेस सेण्टरका रमेश साह लगायतले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।
शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न लगत्तै बसेको कार्यसमितिको पहिलो बैठकले स्व. वीरेन्द्र साह स्मृती पत्रकारीता पुरस्कार दुई जनालाई बितरण गर्ने र मधेश प्रदेशको आमसञ्चार प्राधिकरणले ल्याएको पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमालाई बाराली पत्रकारमा प्रभावकारी रुपमा लैजाने निर्णय गरेको छ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य गोकुल घोरसाईने,कमल कुमार उपाध्याय,लक्ष्मी साह,भोजराज भटृराई,सत्य प्रसाद श्रेष्ठ,प्रदेश परिषद सदस्य शयाम गुप्ता, मनोज साह,लक्ष्मी पाण्डेय,सिकिन्द्र साह,भोलानाथ पौडेल,गम्भिरा सहनी,रामेशवर मेहता,अनिल कुमार साह,श्री कान्त गुप्ता,पवन यादवको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमको सञ्चालन रुद्र धितालको रहेको थियो ।