बालुवासहित तीन ट्रयाक्टर वन गस्तिको नियन्त्रणमा

गढिमाइ खबर
311 पाठक संख्या

पर्साको वन गस्ती टोलीले बालुवा लोड गरी अवस्थामा तीनवटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ।

डिभिजनल बन अधिकृत मञ्जुर अहमदको विशेष निर्देशनमा वन क्षेत्रबाट बालुवा लोड गरी ल्याईरहेको अवस्थामा ति ट्रयाक्टर नियन्त्रणमा लिएको हो।

पटेर्वा सुगौली गाउँपालिका वडा नं.१ सोनबर्षामा रहेको भलुवाही खोलाबाट बालुवा निकाली ल्याईरहेको अवस्थामा ना ६ त ८८९९ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिएको सब डिभिजन बन कार्यालय मनवाको रेञ्जर कपिलदेव यादबले जानकारी दिए।

उनले ट्रयाक्टरलाई नियन्त्रणमा राखि वन ऐन अनुसार कार्बाही प्रक्रिया अगाडि बढाईएको बताए।

त्यस्तै जिराभवानीपुर गाउँपालिका वडा नं.५ मा शंकरशरैया खोलाबाट दुईवटा ट्याक्टरमा बालुवा लोड गरी ल्याउँदै गरेको अवस्थामा बन गस्ती टोलीले ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

वन गस्ती टोलीले ना ६ त ३७३३ र ना ७ त ५९४२ नम्बरको ट्रयाक्टरलाई नियन्त्रणमा लिएको सब डिभिजन बसन्तपुरका रेञ्जर बिजय यादबले जानकारी दिए ।

नियन्त्रणमा लिएको ट्रयाक्टरलाई आवश्यक कार्बाहीकोलागि अस्थाई प्रहरी चौकी शंकरशरैयाको जिम्मा लगाईएको उनले बताए ।

साझा गर्नुहोस्