पर्सा प्रहरीले हत्या गर्ने श्रीमान श्रीमतीलाई पक्राउ गरेको छ ।प्रहरीले हत्या गरेको आरोपमा वीरगञ्जबाट उनीहरुलाई पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका १४ बहुअरी टोल बस्ने एजहारूलहक अंसारी र उनकी जेठी श्रीमती ३८ बर्षिय नुरजहान खातुनलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेक अँसारीले आफनै कान्छि श्रीमतीको कुटपिट र छुरा प्रहार गरि हत्या गरेका हुन् । घटना कार्तिक ४ गतेको हो ।
घरायसी विवाद हुदा अँसारी सहित उनी जेठी श्रीमती नुरजहाँले कुटपिट गरी अँसारीकी कान्छि श्रीमती महिमाको हत्या गरेका थिए । मृतकका ससुरा सासु आमा पनि सो घटनामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
घरायसी बिबादको क्रममा धारिलो चक्कुले छाती तथा पेटमा प्रहार गरेर महिमाको हत्या भएको थियो । मृतकका ससुरा वर्ष ६५ को फजल करिम मियाँ, सासु आमा वर्ष ६३ की सरिफन खातुनले हत्या गरेको प्रहरीले जनाएको छ ।हत्यामा सँलग्न मृतक खातुनका श्रीमान र उनकी जेठी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।
ससुरा र सासु भने फरार रहेकोले उनीहरुको खोजी कार्य भईरहेको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक कुमारबिक्रम थापाले जानकारी दिए ।पक्राउ परेका दुबैजनालाई ज्यान सम्बन्धी कसूरमा अदालतबाट १२ दिनको म्याद थप गराई अनुसन्धान प्रकृया पर्सा प्रहरीले अघि बढाएको छ ।
श्रीमान र जेठी श्रीमती हत्या आरोपमा पक्राउ, सासु र ससुरा फरार
साझा गर्नुहोस्









