कलैया । निर्वाचन आयोगले बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवम् पूर्व श्रममन्त्री किसान श्रेष्ठलाई स्पष्टीकरण सोधेको छ ।
आयोगले मौन अवधीको समयमा कार्यकर्तासहित परवानीपुर गाँउपालिकामा घरदैलो गरेका श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । निर्वाचन आचारसंहितालाई लत्याउँदै घरदैलो गरेको खबर सार्वजनिक भएपछि आयोगले श्रेष्ठ र प्रदेश सभा सदस्य का उम्मेदवार जितेन्द्र सोनल दुवैलाई स्पष्टीकरण सोधेको हो ।
बारा क्षेत्र नं. ४ का निर्वाचन अधिकृत कर्ण राईले मौन अवधीको समयमा घरदैलो गरेको विषयलाई लिएर आयोगले दुवै उम्मेदवारसँग स्पष्टीकरण माग गरेको पुष्टि गरेका छन् ।