मधेस प्रदेशमा सबै भन्दा बढी उजुरी बाराबाट-अख्तियार

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 2 मिनेट

अख्तियारमा मधेश प्रदेशबाट सबै भन्दा धेरै उजुरी बारा जिल्लाबाट परेको अख्तियारको तथ्याङकले देखाएको छ ।

बाराको कलैयामा बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाले आयोजना गरेको कार्यक्रममा उक्त तथ्याङक प्रस्तुत गरिएको थियो, जसमा जिल्लाका १६ वटा स्थानीय तहहरुमध्ये सवै भन्दा धेरै उजुरी जितपुरसिमरा उपमहानगरपालिकाको रहेको अख्तियारले जनायो ।

गत आवमा ३६ वटा उजुरी परेको थियो भने चालु आवको फागुन मसान्त सम्म ४० गरी ७६ वटा उजुरी परेको आयोगले जनाएको छ ।

जसमध्ये गतवर्ष र चालु आवको फागुन मसन्त सम्म ३७ वटा फछ्र्याैट भएको छ भने अझै ४० वटा फछ्र्याैट हुन वाँकी रहेको छ ।

यसैगरी कलैया उपमहानगरपालिका दोस्रोमा छ । कलैया उपमहानगरपालिका विरुद्ध गत आव र चालु आवको फागुन मसान्त ५४ वटा उजुरी परेको छ ।

जसमध्ये २९ वटा फछ्र्यौट भएको छ भने २५ वटा फछ्र्यौट हुन वाँकी रहेको छ ।

तेस्रोमा महागढीमाई नगरपालिका, चौथोमा परवानीपुर र पाँचौ नम्बरमा पचरौता नगरपालिकाबाट उजुरी परेको छ ।

कार्यक्रममा जिल्ला स्थित कार्यालयका प्रमुख, स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृत, उद्योगी, सञ्चारकर्मीहरुको उपस्थितिमा यस्तो तथ्याङक प्रस्तुत गरिएको थियो ।

आयोगको क्षेत्रा धिकार रहेको १५ जिल्ला मध्ये बारा जिल्लाबाट ३०४ वटा उजुरी परेकोमा १७५ वटा फछ्र्याैट भएको छ भने १२९ वटा फछ्र्याैट हुन वाँकी रहेको आयोगको कार्यालय, हेटौडाका प्रमुख अर्जुन कुमार शर्माले जानकारी दिए ।

जिल्लाबाट स्थानीय तह संघीय मामिला तर्फ सवै भन्दा बढि उजुरी परेको आयोगको कार्यालय, हेटौडाले जनाएको छ । जस अन्तर्गत ३६८ वटा उजुरी परेको छ ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *