निजगढमा चौथो संस्करण मेयर गोल्डकप फुटबल शनिवारदेखि

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 1 मिनेट

बाराको निजगढमा चौथो संस्करणको मेयर गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि संचालन हुने भएको छ ।

आयोजक निजगढ युवाक्लबले प्रतियोगिताबारे जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको जनाउँदै शनिबारदेखि प्रतियोगिता संचालन हुने जनाएको छ ।

मधेशका विभिन्न ८ वटा क्लवहरुको सहभागिता रहने खेलमा चैत १९ गतेसम्म संचालन हुने आयोजक निजगढ युवाक्लबले जनाएकोछ ।

प्रतियोगितामा आयोजक निजगढ सहित बकुलिया फुटबल क्लवबारा ,बारा एघार,नवजन जागृति युवा क्लव बारा,बिरगंज युथ एकेडेमी,नेपाल खेलकुद क्लव रौतहट र हरिवन फुटबल क्लव सर्लाहीको सहभागिता रहेको छ ।

निजगढ नगरपालिका मुख्य सहयोगी रहेको प्रतियोगीताको बिजेताले उपाधि सहित १ लाख ५० हजार रुपैंया प्राप्त गर्ने छ भने उपविजेताले ७५ हजार रुपैंया प्राप्त गर्नेछ ।

प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार रुपैंया प्राप्त गर्ने छन भने विधागत रुपमा उत्कृष्ट गोलकिपर,डिफेन्स,मिडफिल्डर,स्ट्राइकर र उच्च गोलकर्ताले जनही ५ हजार रुपैंया प्राप्त गर्ने छन ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *