सर्लाही : मधेस प्रदेश सरकारका पुर्वस्वास्थ्यमन्त्री वीरेन्द्र प्रसाद सिंहले सर्लाहीको धनकौलस्थित वैद्यनाथ आमा तथा बाल अस्पतालको निरीक्षण गरेका छन्।
नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति समेत रहेका सिंहले सो अवसरमा अस्पतालको पूर्वाधार, सेवा प्रवाह र उपचार प्रक्रियाबबारे प्रत्यक्ष जानकारी लिएका थिए । उनले अस्पतालको सञ्चालनका लागि भौतिक संरचना र कर्मचारी व्यवस्थापनबारे छलफल गर्दै तत्काल ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिएका छन्।
निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै पुर्वमन्त्री सिंहले अस्पताल जिल्लाकै उदाहरणीय स्वास्थ्य संस्थाको रूपमा रहेको बताए । यो अस्पतालले यस क्षेत्रका ग्रामीण बासिन्दालाई ठूलो टेवा पु¥याइरहेको बताउँदै यसलाई अझ स्तरीय बनाउन प्रदेश सरकारले सधैँ ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन ।









