पैतीस लाख चौसठ्ठी हजार दुई रुपैयाँ बराबरको सामानसहित ट्रक प्रहरीको नियन्त्रणमा

गढिमाइ खबर
200 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया : बारा प्रहरीले ३५ लाख ६४ हजार दुई रुपैयाँ बराबरको सामान सहित ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नं. ०१ पथलैया चौक स्थितमा प्रहरी चौकी पथलैयाबाट खटिएको चेकिङ टोलीले सो सामान बरामद गरेको हो।

विराटनगरबाट काठमाण्डौं तर्फ जाँदै गरेको ना ७ ख २४२१ नम्बरको ट्रकलाई शंका लागी प्रहरीले जाँच गरेको हो।

बिल बिजक भन्दा बढी ३५लाख ६४ हजार दुई रुपैयाँ बराबरको खुद्रा सामानहरु(जुता,चप्पल,डाईफर,स्टशनरी सामान) बरामद गरिएको हो।

उक्त सामान सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए।

साझा गर्नुहोस्