बारा : फेरी एक जनामा हैजा संक्रमण पुष्टि

गढिमाइ खबर
159 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया । बाराको कलैैयामा थप एक जनामा हैजाको संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक अस्पताल कलैयामा उपचाररत थप एक जना झाडापखालका बिरामीमा बिहीबार हैजा संक्रमण पुष्टि भएको हो । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अजय कुमार गुप्ताले यस्तो जानकारी दिएका छन् ।

उनका अनुसार संक्रमण पुष्टि हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर १९ का ४५ वर्षीय पुरुष रहेका छन ।

यस अघि बुधबार मात्रै प्रादेशिक अस्पतालमा उपचाररत एक जना बिरामीमा हैजा संक्रमण पुष्टि भएको थियो । उनी कलैया उपमहानगरपालिका –१८ पतौराका एक जना पुरुष हुन्।

मेसु गुप्ताका अनुसार त्यि पुरुष बिहिबार बेलुका ६ बजे डिस्चार्ज भए पनि राति ८ बजे पछि अस्पतालबाट घर फर्किएका हुन्।

साझा गर्नुहोस्