बारामा करिब सात महिनाको अन्तरालमा ४४ जनाले आत्महत्या गरेका छन। जिल्ला प्रहरी कार्यालय बाराले विहिवार कलैयामा पत्रकार सम्मेलनको आयोजना गरि सो वारे जानकारी गराएको हो । प्रहरीको अनुसार यस आर्थिक बर्ष २०७७/७८ को सात महिनामा ४४ जनाले झुण्डिएर आत्महत्या गरेका छन ।
यस आर्थिक बर्षको साउनदेखी माघसम्मको अवधीमा एक सय १९ वटा मुद्दाहरु जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले पत्रकार सम्मेलनमा जानकारी गराएका छन । सोही अवधीमा ज्यान मार्ने उद्योगमा २८ वटा, लागुऔषध मुद्धामा २९ वटा, जबरजस्ती करणी मुद्धामा २० वटा र अन्य विभिन्न मुद्धामा गरि एक सय १९ वटा छन्।
त्यसैगरी सो अवधिमा लागुऔषध सम्वन्धी मुद्धामा ४९ जना मानिसहरूलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक शाहीले बताए ।
त्यसैगरी प्रहरीले बाराका विभिन्न ठाउँहरुमा लगाइएको ४० विघा १९ कठ्ठामा लगाईएको गाँजा खेती पनि फडानी गरेको छ । त्यस्तै ५ करोड १० लाख मुल्य बराबरको भन्सार छलिको सामानहरू पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको बारा प्रहरीले जनाएको छ । त्यस्तै विभिन्न मुद्दाका एक सय जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी जेल चलान गरेको जनाईएको छ।
यसैगरी बारा प्रहरीले बाराका पाँच मुख्य अपराधीहरु, सार्वजनिक मुद्दा एक सय १२ जना, कर्तव्य ज्यान मुद्दा ५३ जना, बैङ्किङ कसुर ३७ जना र चोरीमा ३६ जनालाई पक्राउ गरिएको प्रहरी उपरिक्षक शाहीले जजानकारी गराएका छ ।
त्यसैगरी घरेलु हिंसा सम्वन्धित ४ सय ३४ वटा र सामाजिक हिंसा सम्वन्धी ४ सय २५ वटा मुद्दाहरु दर्ता भएका छन् । जसमा सबैभन्दा बढि घरेलु हिंसा कलैया उपमहानगरपालिकामा भएको प्रहरीले जनाएको छ । त्यसैगरी जातिगत रुपमा सबैभन्दा बढि घरेलु हिंसा मुस्लिम समुदायमा भएको छ भने क्रमशः दोस्रो र तेस्रोमा यादव र साह जाती रहेको बारा प्रहरीले पत्रकार सम्मेलनमा जनाएको छ ।