घरायसी प्रयोगको लागि खोलाबाट बालुवा निकाल्न पाउँनुपर्ने माग गर्दै निजगढ सिंगौलका ट्याक्टर ब्यवसायीहरु आन्दोलित

गढिमाइ खबर
पढ्न लाग्न समय 2 मिनेट

गढीमाई संवाददाता/

घरायसी प्रयोगको लागि खोलाबाट बालुवा निकाल्न पाउँनुपर्ने माग राख्दै बारा निजगढ सिंगौलका ट्याक्टर ब्यवसायीहरु आन्दोलित भएका छन् ।

उनीहरुले  बिरोध गर्दै निजगढ नगरपालिकाको कार्यालय घेराउ गरेका छन् । चालु आर्थिक वर्षको लागि नगरपालिका कार्यालयबाट नदीजन्य पदार्थको उत्खनन र बिक्रीको ठेक्का लागिनसकेकोले प्रहरीले खोलामा गिटी, बालुवा र ढुङ्गा उत्खननमा रोक लगाउदै आएको छ ।

अस्थायी प्रहरी चौकी सिंगौलका प्रहरीहरुले आफुहरुसँग ५ सय देखि १ हजार सम्म घुस माग्ने गरेको ट्याक्टर ब्यवसायीले आरोप लगाएका छन । घरायसी प्रयोगको लागि खोलाबाट बालुवा निकाल्न पाउनुपर्ने माग गर्दै निजगढ नगरपालिका कार्यालय घेराउ गरेका हुन् ।

सिंगौलबाट एक दर्जनको संख्यामा खाली ट्याक्टर सहित आएका व्यवसायीहरुले धन्सार खोलाबाट बालुवा निकाल्ने क्रममा आफूहरुलाई प्रहरीले रकम मागेर दुख दिने गरेको ट्याक्टर व्यवसायीहरुले गुनासो गरेका थिए ।

उनिहरुले निजगढको क्रसर उद्योगबाट खरिद गरेर लगेको गिटी बालुवामा पनि सिंगौलका प्रहरीले पैसा मागेर दुख दिने गरेको बताएका छन ।

कार्यालय घेराउमा आएका अर्का ट्याक्टर चालकले प्रहरीले आफूहरुसंग प्रतिट्याक्टर ५ सय रुपैया घुस माग्ने गरेको आरोप लगाएका छन ।

व्यवसायीहरुले नगरप्रमुख सुरथ पुरीलाई समस्या अवगत गराएका थिए । व्यवसायीहरुले नगरपालिकालाई कर बुझाउन तयार रहेको तर प्रहरीलाई घुसको रकम दिन नचाहेकाले यस्तो कदम चाल्नु परेको बताए ।

यता नगरप्रमुख पुरीले नदिजन्य खोला उत्खननको आईई रिपोर्ट तयार हुदै गरेको र केहि दिनमै खोला ठेक्का लागेपछि यो समस्या हल हुने बताए ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले भने प्रहरीले कसैसंग पनि रकम नमागेको र खोलाबाट अवैध रुपमा बालुवा ढुङ्गा निकाल्न नपाएपछि व्यवसायीहरुले प्रहरीमाथि झुटा आरोप लगाएको बताएका छन ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *