कोल्हवीको जुअवामा बृहत् सरसफाई कार्यक्रम सम्पन्न

गढिमाइ खबर
142 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

धीरेन्द्र पनुहर/

कोल्हवीको जुअवामा बृहत् सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

हिन्दुहरुको महान चाड छठ पर्वको पावन अवसरमा कोल्हवी-३ को वडा कार्यालय जुअवाको बिशेष सहयोग र गोपाल प्रगतिशील क्लब जुअवा र समृद्ध नेपाल क्लब जुअवाको संयुक्त आयोजकमा शुक्रबार बृहत् सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

सरसफाई कार्यक्रममा क्लबका पदाधिकारीहरुले झारू,बेल्चा, बकेट लिएर जुअवा,जटहा,घुसुकपुर र सेरा टोलको सड़क किनारमा रहेको फोहर बस्तु ट्रेक्टरमा लोड गरी व्यस्थापन गरिएको थियोे ।

सम्बन्धित घर धनिहरुलाई बाटोमा फोहर नराख्न आग्रह गर्दै फ़ोहरबाट हुने बेफाइदाको बारेमा जानकारी गराउनु भएको थिए ।

उक्त सरसफाई कार्यक्रममा कोल्हवी-३ का वडा अध्यक्ष किशुनदयाल चौधरी,वडा सदस्य रामदयाल चौधरी,गोपाल प्रगतिशील क्लबका अध्यक्ष जयमंगल चौधरी,सचिव सुगेन्द्र चौधरी,सह सचिव मुनिकांत चौधरी,समृद्ध नेपाल क्लबका अध्यक्ष नागमनी चौधरी,उपाध्यक्ष संजय चौधरी,सचिव कर्णविर चौधरी,सह सचिव रामानन्द राम,कोषाध्यक्ष सुशीला कुमारी चौधरी,सदस्यहरु दिलमनी चौधरी,सुनीला चौधरी,संगीता कुमारी चौधरी र वरिष्ठ सल्लाहकार प्रेमनारायण चौधरी लगायतको उपस्तिथि रहेको थियो ।

साझा गर्नुहोस्