शिक्षक नभएपछि बिद्यार्थीहरुद्वारा बिद्यालयमा तालाबन्दी

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 454
पढ्न लाग्ने समय : 2 मि.

राम मण्डल/
पर्साको बहुदरमाई नगरपालिकाको वडा नम्बर ९ बिश्रामपुर टोलमा रहेको बिद्यालयमा लामो समयदेखि शिक्षक अभाव भएपछि बिद्यार्थीहरुले तालाबन्दी गरेका छन । आईतबार पठनपाठन बन्द गरेर आन्दोलनमा उत्रिएका त्यहाँ अध्यनरत बिद्यार्थीहरुले बिद्यालयको मुल गेटमा तालाबन्दी गरेका हुन ।

बिद्यालयको मुल गेटमै आफना माँगहरु कागजमा लेखेर बिद्यार्थीहरुले टाँसेका छन ।उनीहरुले विद्यार्थी मिलेर विद्यालय बन्द गरेको, शिक्षक प्रयाप्त उपलब्ध गराउनुपर्ने, बिषयको अध्यापन हुनुपर्ने र शिक्षक समयमा आए पढाउनुपर्ने माग राखेका छन । विद्यालयमा सामाजिक, स्वास्थ्य, अंग्रेजी, गणित, अर्थशास्त्र, ओपीटी म्याथ लगायतका बिषयगत शिक्षकहरु बिद्यालयमा नभएको विद्यार्थीहरुले बताएका छन ।

प्रयाप्त शिक्षक नहुदा कोही एक जना शिक्षक विदामा बस्ने वित्तिकै २/३ वटा घण्टी खाली जाने गरेको उनीहरुको भनाई । लामो समयदेखि बिद्यालयमा शिक्षकको माँग राख्दै आएको भएपनि कसैले पनि नसुनेपछि बाध्य भएर आन्दोलनमा उत्रेर बिद्यालयमा तालाबन्दी गरेको बिद्यार्थीहरुले बताएका छन ।

उच्च माबिमा बिगत तीन बर्षदेखि बिषयगत शिक्षकको अभावका कारणले बिद्यार्थीहरुको पठन पाठन प्रभावित हुदै आएपनि हासलसम्म सम्बन्धित निकायले ध्यान नपुरयाएको स्थानीय कमोद निराले जानकारी दिए । बिद्यालयमा लामो समयसम्म शिक्षक अभाव भएको देखेर आफु पढे लेखेको भएकाले एक बर्षसम्म बिद्यालयमा निःशुल्क रुपमा बिद्यार्थीहरुलाई पढाएको उनले बताए ।

शिक्षा जस्तो क्षेत्रमा पनि सम्बन्धित निकायले यस्तो लापारवाही गर्न नहने बताउदै निरालाले सम्बन्धित निकायले शिक्षक कमिको समस्यालाई छिटै समाधान गर्नुपर्ने माँग गरे । बिद्यालयका प्रधानाध्यापक सुधाकर उपाध्यायले बिद्यालयमा शिक्षकको अभाव भएको स्विकार गर्दै समस्या समाधानको लागि सोमबार नगरपालिकामा सम्बन्धित निकायको उपस्थितीमा बैठक राखिएको जानकारी दिए ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।