केल्हवीमा अत्याधुनिक हाटबजार निर्माणको काम अन्तिम चरणमा

गढिमाइ खबर
288 पाठक संख्या

केल्हवी : बाराको कोलहवी नगरपालिकाको मुख्य चोकमा अत्याधुनिक तथा सुबिधासम्पन्न हाटबजार निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

निर्माण कार्य ९५ प्रतिशत सम्पन्नभ भईसकेको छ। केही दिनमै पाँच प्रतिशत काम पुरा हुने साईट ईन्चार्ज दिनेश खनालले जानकारी दिए। हाट बजार ३ विघाह क्षेत्रफलमा निर्माण भईरहेको छ। हाटबजारमा ७ वटा ब्लक रहेका छन।

मिसन कन्ट्रक्शन एण्ड सप्लायर्सले सो बजार निर्माण गरिरहेको हो। हाटबजारमा ७२ वटा सटर रहेको छ। तीन वटा बिल्डिंग सपिङ कमप्लेक्स रहेको छ। २६ वटा सटर भएको २ वटा बिल्डिंग,२ वटा खुद्रा बजार रहेको छ ।

बाँकिको अन्य ब्लकमा मार्केट स्टल रहने छ। मार्केट स्टलकै बीचमा रहेकोे खुल्ला स्थानमा बजार लाग्नेछ। व्यवसायीहरुलाई एकीकृत रुपमा बजार व्यवस्थापन गर्ने उद्देश्यले अत्याधुनिक हाटबजार निर्माण थालिएको कोल्हबीका नगर प्रमुख रामप्रसाद चौधरी बताउँछन्।

हाटबजार निर्माणको लागि नगर बिकास कोष र कोल्हबी नगरपालिकाबाट बिनियोजित कुल १८ करोडको बजेटले निमार्णकार्यको सुरुवात भएको थियो। आउदो असोज महिनाबाट संचालनमा ल्याईनेछ।यो बारा जिल्लाकै नमुना हाटबजार हुन्छ,,मेयर चौधरीले भनेका छन्।

हाटबजारमा पर्खाल, अण्डर पास नाला, सडक स्तरोन्नती,इन्टरलक टायल देखि शौचालय समेत निर्माण भईसकेको छ। ब्यवस्थित पार्किंग,बिश्रामस्थल सहित बजारमा मुल्य सूचिसहितको डिसप्ले बोर्ड पनि राखिने नगरपालिकाका ईन्जिनियर गणेश प्रसाद चौधरीले बताए।

साझा गर्नुहोस्