सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरमा निशुल्क आँखा (मोतिविन्दु) परीक्षण शिवीर मंगलबार सम्पन्न भएको छ।
घण्टीमाई बचत तथा ऋण सहकारी संस्था र जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ को वडा कार्यालयको सहयोगमा सो शिवीर भएको हो। औराहा आँखा उपचार केन्द्र सिमराको आयोजनामा उक्त शिवीर सञ्चालन भएको हो।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष भिम बहादुर गंतानले शिवीरको उद्घाटन गरेका थिए। उक्त अवसरमा दुई सय २७ जना बिरामीहरुले आँखा जाँच गराएका थिए ।
आँखा जाँच गरेका मध्ये ४७ जनाको मोतिबिन्दु सल्यक्रिया गर्नु पर्ने बिमारी पत्ता लागेको छ। शिवीरमा जाँच गराएका मध्येबाट फेला परेका मोतिया विन्दुका विरामीहरुलाई यही फागुन २६ सोमबारका दिन आँखा अस्पताल ओैराहामा शल्यक्रिया गरिने सहकारी संस्थाकी अध्यक्ष कोपिला सिंम्खडाले बताईन।
जाँच गर्न आउने बिरामीलाई आवश्यक ओैषधी दिई आँखाको सुरक्षाका लागी अपाउनुपर्ने उपायहरुको बारेमा जानकारी गराईएको अध्यक्ष सिंम्खडाले बताईन्।