रबिन्द्र प्रसाद साह/
कलैया उपमहानगरपालिका वडा नं २६ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिको समान कार्यक्रम सम्पन्न गरिएको छ।
संघीय सांसद एवम् विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रामबाबु कुमार यादवको साभपतित्वमा तथा कलैया उपमहानगरपालिकाका मेयर विनोद साह लगायतकालाई सम्मान गरिएको थियो ।
सो समारोहलाई सम्वोधन गर्दै मेयर साहले सो बिद्यालयलाई बारा जिल्लाको नम्बर एकमा ल्याउने तथा बिद्यालयलाई सबै किसिमको सहयोग गर्ने प्रतिवद्धता पनि गरेका थिए।
सो अवसरमा कलैया उपमहानगरपालिकाकी उपमेयर रौशन प्रविनले पनि बिद्यालयलाई धेरै भन्दा धेरै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन्। सो अवसरमा वडा नं. २६ का वडा अध्यक्ष धर्मेन्द्र प्रसाद यादव, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय आधिकृत नाथु साह, कलैया उपमहानगरपालिकाका वार्ड नं ४ का वडा अध्यक्ष रामेश्वर प्रसाद यादव , कलैया उपमहानगरपालिकाका वडा नं. १ का वडा सदस्य ब्रेटली दास, लगायतको सहभागिता स्थानीय राज गुप्ताले बताएका छन । सो अवसरमा पूर्ववडा अध्यक्ष सहित वडा सदस्यहरुको बिदाई समारोह समेत सम्पन्न गरिएको छ।