रञ्जन यादव/
डिभिजन बन कार्यालय बाराले छापामारी गरी एक चिरान मिलबाट सय क्युफिट सालको काठ बरामद गरेको छ ।
जिल्लाको करैयामाई गाउँपालिका वडा नम्बर २ ढोरीया पिपरा स्थित श्यामपुकार सहनीले सञ्चालन गरेको उक्त मिलमा बिशेष सुचनाको आधारमा छापामारी गरिएको डिभिजन बन कार्यालय बाराले जनाएको छ ।
सब डिभिजन ककडी ,मधुवन ,बोधन ,नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टिमले संयुक्त रुपमा चिरान मिलमा छापामारी गरेको थियो । बरामद काठमा तयारी झयाल पाँच वटा ,चौखट २ वटा ,काठको गोलिया ५ थान र चिरान काठ गरी करिब एक सय क्युफिट काठ बरामद भएको डिभिजन बन कार्यालय बाराका जमदार नागेन्द्र प्रसाद बैठाले जानकारी दिए ।
बरामद काठलाई डिभिजन बन कार्यालय बाराको नियन्त्रणमा राखिएको जनाईएको छ ।









