रञ्जन यादव/
बारा प्रहरीले बुधवार राती करिब एक करोड मुल्य बराबरको अबैध सामान गाडि नियन्त्रणमा लिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका .वडा न.२१ अम्लेखगंजमा बिलबिजक नभएको ३ वटा ट्रकमा लोड गरिएको सामान र पिकअपमा लोड गरिएको पाँचवटा गाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना.६.ख.००८० न.को ट्रकमा खुद्रा सामान करिब २३ लाख १ हजार ८ सय २६ मुल्यको , ना.३.ख.७३११ न.को ट्रकमा खुद्रा सामानहरु २३ लाख २७ हजार १ सय ६० रुपैयाको , ना.३.ख.४५६० नम्बरको ट्रकमा खुद्रा सामानहरु २५ लाख ९८ हजार ३ सय ४२ रुपैयाको र हेटौडा बाट महोत्तरी तर्फ जादै गरेको बा.२१.च.८९९७ न.को पिकअप गाडीमा अनलाईन बिल नभएको पाँच लाख मुल्य बराबरको पाँच वटा गाँई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन ।
त्यस्तै काठमाडौँबाट मलगंवातर्फ जाँदै गरेको प ३ ०१ ००६ नम्बरको बसमा १० वटा कार्टनुमा लोड गरिएको १८ लाख ४६ हजार ४ सय २० मुल्य बराबरको डिस्पोजल ईलेक्ट्रोनिक सिग्रेट निजगढबाट प्रहरीले चेकजाँचको क्रममा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
ट्रकहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि राजश्व अनुसन्धानको कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक न्यौपानेले बताएका छन । । ट्रकमा बरामद मालसमानमा कपडा लगायतका बस्तुहरु रहेका थिए।