हत्या गरिएका दलित युवकको हत्यारालाई कारवाहीका लागि प्रहरी कार्यालय अगाडी प्रर्दशन

गढीमाईखवर डट कम
174 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

सिकेन्द्र पासवान/
हत्यारालाई कारवाहीको माँग गर्दे बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० बसडिलाका दलित समुदायले कलैयामा प्रर्दशन गरेका छन ।

सयौको संख्यामा आएका दलित समुदायका ब्यतिmहरुले हत्या गरिएको ब्यतिmलाई कारवाही गर्न माँग गर्दै नारा बाजी सहित जिल्ला प्रहरी कार्यालय बारा कलैया अगाडी धर्ना समेत दिएकाथिए ।

प्रर्दशनकारीहरुले करिब डेढ घन्टा कलैया-वीरगंज सडक खण्ड अवरोध गरेका थिए ।

बसडिलवाका २० बर्षिय युवक दिपक पासवानको धारिलो हतियार प्रहार गरि हत्या भएको भन्र्दै आक्रोसित स्थानियले प्रर्दशन गरेकाहुन ।

जेठ ३ गते साझदेखि घरबाट निस्केका दिपक राती अवेरसम्म घर नाउदा खोजबिन शुरु भएको थियो मृत का दाई सुवोध पासवानले बताए ।

जेठ ६ गते करिब ११ बजेको समयमा सोही वडाको कठाह खोला किनरामा लास गाडेको अवस्थामा फेला परेकाप्रहरी प्रवmतmा राजेश थापाले जानकारी दिए ।

लासको प्रकृति हेर्दा कसैले धारिलो हतियार प्रयोग गरेर घाटी रेटी हत्या गरेका हुन सक्ने प्रवतmा थापाले जनाए । पोष्टमार्टमको रिपोट आएपछि थप कुरा खुल्ने प्रवक्ता थापाले बताए ।

घटनाका बारेमा थप अनुसंन्धान भईरहेको र अनुसंन्धान कै क्रममा सोही ठाँउका एक जना १८ बर्षिय कलाम अंसारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

समाचार त्यार पर्दा सम्म लास कलैया अस्पतालमा रहेको आफन्तजनबाट जानकारी प्राप्त भएको छ ।

साझा गर्नुहोस्