काठमाडौं उपत्यकाको सुरक्षा जिम्मेवारी संघीय प्रहरीलाई दिने तयारी

गढीमाईखवर डट कम
313 पाठक संख्या

गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौं उपत्यकाको सुरक्षा जिम्मेवारी नेपाल प्रहरी (संघीय प्रहरी)लाई दिने व्यवस्था गर्न खोजिएको बताएका छन् ।

तर यसलाई प्रदेश प्रहरीको अधिकार कटौती वा संघीय व्यवस्था विपरीत सरकार जान खोजेको रुपमा नबुझ्न सांसदहरूलाई आग्रह गरेका छन् ।

सुरक्षा संवेदनशीलता ख्याल गरेर यस्तो निर्णय गर्न लागिएको उनले बताए ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा गृहमन्त्री खाँणले सरकार संघीय व्यवस्थाका साथै काठमाडौं राजधानी उपत्यकाको सुरक्षाप्रति संवेदनशील रहेको बताएका हुन् ।

नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी विधेयकमाथिको दफावार छलफलका क्रममा मन्त्री खाँणले भने, ‘सरकारले राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर ल्याइएको हो । प्रदेश प्रहरीको अधिकार कटौतीको मनसुवा होइन । काठमाडौं उपत्यकाको भक्तपुर, ललितपुर र काठमाडौंको सुरक्षाका लागि ल्याइएको हो ।’

साझा गर्नुहोस्