काठमाडौं उपत्यकाको सुरक्षा जिम्मेवारी संघीय प्रहरीलाई दिने तयारी

गढीमाईखवर डट कम
113 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौं उपत्यकाको सुरक्षा जिम्मेवारी नेपाल प्रहरी (संघीय प्रहरी)लाई दिने व्यवस्था गर्न खोजिएको बताएका छन् ।

तर यसलाई प्रदेश प्रहरीको अधिकार कटौती वा संघीय व्यवस्था विपरीत सरकार जान खोजेको रुपमा नबुझ्न सांसदहरूलाई आग्रह गरेका छन् ।

सुरक्षा संवेदनशीलता ख्याल गरेर यस्तो निर्णय गर्न लागिएको उनले बताए ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा गृहमन्त्री खाँणले सरकार संघीय व्यवस्थाका साथै काठमाडौं राजधानी उपत्यकाको सुरक्षाप्रति संवेदनशील रहेको बताएका हुन् ।

नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी विधेयकमाथिको दफावार छलफलका क्रममा मन्त्री खाँणले भने, ‘सरकारले राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर ल्याइएको हो । प्रदेश प्रहरीको अधिकार कटौतीको मनसुवा होइन । काठमाडौं उपत्यकाको भक्तपुर, ललितपुर र काठमाडौंको सुरक्षाका लागि ल्याइएको हो ।’

साझा गर्नुहोस्