श्यामबाबु यादव/
ऐतिहासिक सिम्रौनगढ स्थित कंकाली र रानीवास मन्दिर वरिपरिका पुरानो संरचनाका घरहरु भत्किदै गएको छ । वरिपरिका भवन र मन्दिरमा विरुवा उम्रेको छ । शिलालेखहरु मेटिदै छ । परापुर्वको कलात्मक, दुर्लभ र बहुमुल्य मुर्तिहरु चोरिने क्रम बढेको छ । राजदेबी, कृष्ण, विष्णुको मुर्तिहरु चोरिएको छ । यस बाहेक पा“च बहुमुल्य मुर्तिलाई एकठा गरी एक दशक अघि पुरातत्व विभागले कंकाली मन्दिर छेउकै घरमा ताल्चा लगाई राखेकोमा सो मुर्तिहरु फोहोरले देख्न नसकिने भएको छ । मुर्तिहरुको संरक्षण नभएर कतिपय मुर्तिहरु राष्ट्रिय संग्रहालयमा लगिएको यह“का जानकारहरु बताउ“छन् । आकर्षण्को केन्द्र रहेको यहा“का सयौं बा“दर चोरी शिकारको कारण घट्दै गएको छ ।
पुरातात्विक मानसा बाबा स्थल वेवारिसे भएको छ । ऐतिहासिक बाकस स्थल पुरिने क्रममा छ । रमणीय बगंैचाहरु मासिदै छ । तेह«सय इस्वी ताका तत्कालीन राजा ग्यासुदीनले राजधानी सिम्रौनगढमा आक्रमण गर्दा धानको भण्डार जलेर त्यसबाट अवशेषको रुपमा रहेको कालो चामल नष्ट हुदैं गएको छ । यसैगरी कचोर्वा स्थित पुरातात्विक पारसनाथ भनिने दुई बहुमुल्य पथर मध्ये एउटा चोरी भइसकेको छ । यहा“का २१ वटा पोखरीहरु फोहोरले पुरिदै गएपछि सौन्दर्यहीन बन्दै गएको छ । पोखरीमध्येका मुलुककै सबभन्दा ठुलो मानव निर्मित झडोखर इशारा पोखरी फोहोरले सोन्दर्यहीन भएको छ । पोखरीका डीलहरु कटानस“ंगै अतिक्रमणको चपेटामा पर्दै गएको छ । मन्दिरका घण्टाहरु हराउ“दै छ । कंकाली मन्दिरको घण्टा मध्ये एउटा चोरी भइसकेको छ ।
मरम्मत संभारको अभावमा मन्दिरको आकर्षण घट्दै गएको छ । यस क्षेत्रका सुरक्षात्मक चौतर्फी माटोको विशाल डिलहरु कटान गरी खेतीयोग्य जमिन बनाउने होडबाजी चलेको छ । यसरी ईशाको ११ औं शताब्दीतिर सन् १०९७ मा कर्णाट वंशीय राजा नान्यदेवको पालामा स्थापित ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय स्थल सिम्रौनगढको पहिचानको आधार यतिखेर मासिदै गएको छ । इतिहास, पुरातत्वविद् र अनुसन्धानकर्ताहरुको लागि महत्वपुर्ण मानिन्छ । सन् १९९१ देखि १९९४ सम्म पुरातत्व विभागले इटलीको ‘आइ एस एम इ ओ’ नामक संस्थाको सहयोग र पुरातत्वविद्को सहभागितामा स्थलगत अध्ययन र उत्खनन् गरेको थियो । पछि तत्कालीन राजा वीरेन्द्रले विक्रम सम्वत् २०४४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानलाई त्यस क्ष्ँेत्रको संरक्षण र पर्यटन विकासको लागि नक्सा तयार गर्न निर्देशन भ्एको थियो तर त्यो कागजमै सिमित रहयो ।
अध्ययन अनुसार पौराणविक सुन्दर नेपालको परिचय दिने क्रममा सिम्रौनगढ भक्तपुर भन्दा प्राचीन, कान्तिपुर नगर भन्दा सुन्दर र ललितपुर भन्दा पुरातात्विक रहेको छ । यहा“ ईशाको चारौं शताब्दीतिरकोे दुर्लभ मुर्तिहरु छन् । सिम्रौनगढ आसपासको कचोर्वा, कोतवाली, हरिहरपुर, अमृतगंज, उचिडिह, गोलागंजलगायतका गाउ“ घर वा खेतमा अहिले पनि खनजोत गर्दा पुरातात्विक वस्तुहरु भेटिने गरिएको स्थानीयहरु बताउ“छन् । ‘खुल्ला संग्रहालय झैं रहेको यस क्ष्ँेत्रको संरक्षण गरिएन भने तिनीहरु प्रभावित हुने निश्चित छ’ स्थानीय पत्रकार रामेश्वर मेहताले भने । यसको लागि स्थानीय स्वयंम जागरुक हुनुपर्ने उनको धारणा छ ।
‘पर्यटकीय स्म्भावना बोकेको यो ठाउ“को विकास एवं संरक्षणको लागि कयांैं ठाउ‘मा आग्रह भएपनि आश्वासन बाहेक केही मिलेन’ सिम्रौनगढ उद्योग वाणिज्य संघले भने । ‘बर्षौ देखि विकासको लागि समिति बनेर राष्ट्रिय अन्तर्राष्«िट्रय स्तरबाट अध्ययन अवलोकन हुने गरेका छन्, विकास र संरक्षण गर्छौ भनेर चुनावी मुद्दा बनाइने गरिएको छ । तर यहॉ विकास भने कतै छैन् । ‘यस क्षेत्रको पर्यटन विकासको लागि पुर्व पश्चिम लोकमार्गको तामागढी–सिम्रौनगढ, हुलाकी मार्ग निर्माण, होटेल तथा सुचनाकेन्द्र स्थापना सहितको व्यवस्था नभएसम्म यो ठाउ“ जति महत्वपुर्ण भएपनि ओझेलमै रहने जानकारहरु बताउ“छन् ।