कलैया : जिल्ला प्रशासन कार्यालय बाराले राष्ट्रिय परिचय पत्र वितरणको पुनः समय परिवर्तन गरेको छ। उसले असार १ गते देखि लागु हुने गरी राष्ट्रिय परिचयपत्र वितरणको समय परिवर्तन गरेको हो।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी सेवाग्राहीको अत्याधिक चापका कारण राष्ट्रिय परिचयपत्रको सेवा प्रवाह सम्बन्धी २०८२ जेठ ०५ गते प्रकाशित सूचना बमोजिम सेवा प्रवाह भइरहेको जनाएका हुन्। उनले हाल सेवाग्राहीको चाप कम हुदै गएकोले समय परिवर्तन गरिएको जनाएका हुन्।
सार्वजनिक बिदाका दिन बाहेक विहान ७ः३० बजेदेखि साँझ ७ः०० बजेसम्म पुरानो समय रहेकोले हाल त्यसलाई परिवर्तन गरिएको हो। आइतबार देखि विहान १०ः०० बजे देखि साँझ ५ः०० बजे सम्म (सार्वजनिक बिदाका दिन बाहेक) राष्ट्रिय परिचय पत्रको वितरण कार्य हुने भट्टराईले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका हुन्।
स्थगित गरिएको राष्ट्रिय परिचयपत्रको कार्ड वितरण सम्बन्धी कार्य प्रत्येक दिन हुने उनले जानकारी दिएका हुन्।









