महिला कर्मचारीमाथि पर्साको पोखरिया नगरपालिकामा बलात्कारको प्रयास भएको छ ।
ती महिला कर्मचारीलाई नगरपालिकाको कार्यालयमा नै बोलाएर पुरुष कर्मचारीले शुक्रबार राति बलात्कारको प्रयास गरेका हुन् ।
सरसफाई शाखामा कार्यरत रहेकी महिलालाई कार्यालयमा बोलाएर नगरपालिकामा कार्यरत रहेका सरसफाई नाईके रामबली हजराले बालात्कार प्रयास गरेको जनाइएको छ ।
राति नौ बजे हजराले पीडित महिला कर्मचारीलाई सरसफाई गर्नुछ भन्दै नगरपालिका कार्यालयमा बोलाएका थिए ।
सोही क्रममा ती महिलामाथि हजराले बालात्कारको प्रयास गरेको पीडित महिलाका आफन्तजनको भनाई रहेको छ ।
पीडित महिला कर्मचारीले शनिबार ईलाका प्रहरी कार्यालय पोखरियामा जाहेरी दर्ता गराएकी छन् ।
ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीका अनुसार पीडित महिलालाई स्वास्थ्य जाँचको लागि नारायणी अस्पतालमा पठाइएको छ ।









